वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भए पनि सरकारले ७ लाख दिने

    ७ माघ, २०७६



काठमाडौं । सरकारले वैदेशिक रोजगारपछि श्रम स्वीकृतिको अवधिमा नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।

अब बिदा वा करार अवधिमा नेपालमा रहँदा जसरी मृत्यु भएपनि मृतकका नजिकका नातेदारलाई सरकारबाट आर्थिक सहायता स्वरुप ७ लाख पाउने छन् । 

वैदेशिक रोजगार बोर्डको गत आइतबार सम्पन्न बैठकले वैदेशिक रोजगारीपछि नेपाल आएर मृत्यु भएका श्रमिकका नाममा समेत आर्थिक सहायता दिने निर्णय गरेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation