पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउँदै निगमप्राविधिक अध्ययन समिति गठन

    ६ फागुन, २०७६



काठमाडौं । पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ । समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।

सबै आयोजनाको विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्न चारवटा संयुक्त अध्ययन टोली बनाइएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिसहितका यी चार संयुक्त अध्ययन समिति बनाइएको हो । सिलगुढी–झापा पाइपलाइनको प्रारम्भिक रेखाङ्कन पनि थालिएको छ ।

नेपाल र भारतको सहसचिवस्तरीय संयुक्त कार्य समूहले संयुक्त अध्ययन टोली बनाउने निर्णयअनुसार यी समिति बनाइएका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुव घिमिरेका अनुसार संयुक्त कार्यसमूहले पाँचवटा सवालमा काम अघि बढाउने छ । यो समाचार आजको गोरखापत्रमा छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation