कोरोना संक्रमण रोक्न भारतभर २१ दिन लकडाउन

    १२ चैत, २०७६



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १२ बजेदेखि पूरा देश लकडाउन हुने घोषणा गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न भारतभर २१ दिन लकडाउन हुने भएको छ । सो समय घरबाट बाहिर निस्कन पूर्णबन्देज गरिएको छ ।

प्रधानमन्त्री मोदीले जनता कफ्र्युमा भारतका नागरिकले पूर्णरूपमा सहयोग गरेको बताए । उनले भारतीय जनता संकटमा एकजुट भएर त्यसविरुद्धमा लड्न तयार छन् भन्ने सो जनता कफ्र्युले देखाएको बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १९२ देशमा कोरोना भाइरसले प्रभाव परिसकेको छ ।

भारतमा कोभिड १९बाट ४९१ संक्रमित रहेको बताइएको छ । जसमध्ये नौ जनाको मृत्यु भइसकेको छ । भारतको ३० राज्यमा नै लकडाउनको घोषणा गरिएको हो । ‘यो लामो समय हो तर आफ्नो जीवन रक्षाका लागि आफ्नो परिवारको रक्षाका लागि यो महत्वपूर्ण छ ।’ उनले भने, ‘कुनै पनि अफवाह र अन्धविश्वासबाट बचौं ।’

उनले देशको स्वास्थ्य पूर्वाधारलाई बलियो बनाउनका लागि केन्द्र सरकारले १५ हजार करोड रुपैयाँको प्रबन्ध मिलाएको समेत बताए । प्रधानमन्त्री मोदीले कोरोना भाइरसको संक्रमण तोड्नका लागि कम्तीमा २१ दिनको समय आवश्यक रहेको बताए । राजधानी दैनिकले खबर छापेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation