भारतको झुलाघाटमा ३ सय नेपाली अलपत्र, ५ दिनदेखि ओढारमा रात कटाउँदै

    १५ जेठ, २०७७




काठमाडौं । सीमानाका भारतको झुलाघाटमा करिब ३ सय नेपाली अलपत्र परेका छन् । विगत ५ दिनदेखि उनीहरु भोकभोकै छन् । भारतको विभिन्न ठाउँमा मजदुरी गर्ने उनीहरु घर फर्किने क्रममा सीमानाका बन्द हुँदा ओढारमा दिन रात कटाइरहेका छन् ।

कसैकसैलाई भारतीय गाडीले छोडेर गएको हो भने कोही हिँडेर आएका हुन् । ओडारमा बसेका झुलाघाटमा पुग्ने वित्तिकै प्रहरीबाट लखेटिए भाग्दै जंगलमा पुगे अहिले ओढारमा बसिरहेका छन् ।

बजारमा आए प्रहरीले लखेट्ने गरेको र माथि गएमा गाउँलेले लखेट्ने गरेको अलपत्र नेपाली बताउँछन् । उनीहरु भन्छन्, ‘हामी गाउँ नजिक जाँदा गाउँलेहरु लाट्ठी, हँसिया लिएर लखेट्न आउँछन् ।’ केही व्यक्ति ओढारबाट समेत लखेटिएको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation