सिरहामा समुदाय स्तरमै कोरोना संक्रमण, चार संक्रमित फेला परे

    २२ सावन, २०७७



काठमाडौं । बुधबार सिरहामा चार थप कोरोना भाइरस (कोभिड–१९) को संक्रमित फेला परेको छ। उनीहरु चारै जना समुदाय स्तरका हुन् । मिर्चैया नगरपालिका( ५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी दुई जना र गोलबजार नगरपालिकाको एक पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलमा एक जनामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

कोरोनाको संक्रमित भेटिएपछि मिर्चैया नगरपालिकाले बिहीबारदेखि साउन ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। पेट्रोल पम्प सील गरिएको छ। कोरोना पुष्टि भएसँगै सिरहा प्रशासनले स्वास्थ्य कार्यालयको सहयोगमा संक्रमितसँगको कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य सुरु गरेको स्वास्थ्य कार्यालयको सूचना केन्द्रका फोकल व्यक्ति अन्देश्वर चौधरीले जानकारी दिए।

यसअघि गत शनिबार पनि समुदायका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुमध्ये सिरहा नगरपालिका –१६ का राजनीतिकर्मी र लहान गरपालिका –८ का गैरसरकारी संस्थाका कर्मचारी हुन्।

सिरहामा हालसम्म ४४ सय ६६ जनाको स्वाब संकलन गरिएको छ। जसमा २२० जनाको पीसीआर रिर्पोट पोजिटिभ र ३८ सय ८० जनाको निगेटिभ आएको छ। ११७ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

१९१ जनाको कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। २९ जना आइसोलेसनमा उपचाररत छन्। संस्थागत क्वारेन्टाइनमा ३८७ जना र होम क्वारेन्टाइनमा ४०६ जना रहेको स्वास्थ्य कार्यालयले जानकारी दिए।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation