एक सचिव पदमा तीन वरिष्ठ सहसचिव सिफारिस

    ६ मंसिर, २०७७



काठमाडौं ।  सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवहरू गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सरकारसमक्ष सिफारिस गरेको हो ।

आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीन सहसचिवमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने जनाइएको छ । राजधानी दैनिकले समाचार लेखेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation