प्रचण्डको प्रस्ताव अराजनीतिक, पार्टी विभाजनको अनौपचारिक घोषणाः ओली

    १४ मंसिर, २०७७



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रस्तावको व्यापक चिरफार गर्दै आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदनलाई अराजनीतिक प्रतिवेदनको संज्ञा दिँदै त्यसले पार्टी विभाजनको अनौपचारिक घोषणा गराएको दोषारोपण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीले ३८ पृष्ठ लामो जवाफी प्रस्ताव पेस गर्दै अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई खारेज गर्न सचिवालयसँग आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले ५३ बुँदामा आफ्नो प्रस्ताव पेस गर्दै अध्यक्ष दाहाललाई ‘पार्टी विवाद वार–पारको लडाइँमा पुगेको हो’ भन्दै प्रश्नसमेत गरेका छन् । ओलीले दाहालको प्रतिवेदन व्यक्तिगत असन्तुष्टि, सीमाहीन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालो रहेको जनाएका छन् ।

ओलीले सचिवालय बैठकमा पार्टीमा विग्रह ल्याउने प्रस्ताव खारेज गर्दै स्थायी कमिटीको निर्णयअनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । राजधानी दैनिकमा समाचार छ ।

प्रचण्डमाथि ओलीका आरोप

– पार्टीमा गम्भीर संकट निम्ताएको

–निहित स्वार्थमार्फत सरकार र पार्टीलाई कमजोर बनाएको

–कम्युनिस्ट आन्दोलनलाई गम्भीर संकटमा धकेलेको

–पार्टी एकतालाई विघटन गराउन खोजेको

– अस्थिरतामै रम्ने प्रवृत्ति देखाएको

–सरकार बनाउने क्रममा कृत्रिम अवरोध सिर्जना गरेको

– आफ्नो निवासलाई गुटबन्दीको हेडक्वार्टर बनाएको

–कार्यकारीको जिम्मा पाए पनि पार्टीका काममा पूर्ण बेवास्ता गरेको

–नेतृत्व परिवर्तनमा अनावश्यक चलखेल गरेको



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation