गायक अर्जुन कुँवरको ‘पिरती बुनेसी’ सार्वजनिक

 अर्थ बुलेटिन   २१ सावन, २०८०




काठमाडौं । गायक तथा हास्य कलाकार अर्जुन कुँवर (पितृबुढो)को ‘पिरती बुनेसी’ सार्वजनिक गरिएको छ । आउँदै गरेको नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वलाई लक्षित गरी लोकतथा दोहोरी गायक पितृबुढोले पिरती बुनेसी सार्वजनिक गरेका हुन् । सो गीतमा पितृबुढो र सीमा नेपालीको स्वर रहेको छ भने गणेश अधिकारीको शब्द सृजना र संगीत छ ।

महेन्द्र भण्डारीको एरेन्ज रहेको सो गीतको भिडियोको निर्देशन  र कोरियोग्राफी स्मृति तिमिल्सिनाले गरेकी छन् । जसको छायांकन करण चैसिरले गरेका छन् । पिरती बुनेसीमा निक्स शर्मा, सभिरा बोहरा र आर्जु कुँवरको अभिनय छ । 


भिडियो लिंक : https://youtu.be/WjuAKwbnN5A



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation