

२० चैत, २०८१ | 02 Apr, 2025
बर्दिवास । गायक रुद्रसेन विश्वकर्माले होली पर्वको अवसर पारेर नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् ।
फागुन २२ गते सार्वजनिक भएको यो गीत युट्युबसँगै स्पोटिफाइ, एप्पल म्युजिकलगायतका डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।
गीतमा गायक रुद्रसेनले समीक्षा अधिकारीसँग युगल गायन गरेका छन् । गीतको शब्द तथा संगीत स्वयं रुद्रसेनकै रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् ।
गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, बिना राउत र रुद्रसेन विश्वकर्माको दमदार अभिनय रहेको छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका हुन् ।
गायक रुद्रसेन भन्छन्, "होली पर्वमा झुम्न चाहने सबैलाई यो गीत मनपर्नेछ ।"
गीतलाई हेर्नको लागि :