

१९ असार, २०८२ | 03 Jul, 2025
काठमाडौं । गिति लेखन क्षेत्रमा प्रखर इन्जिनियर सुजन रेग्मीको लेखन रहेको “गोरखा सिरानचोक केरावारीमा” वोलको गितले युट्यूबमा दर्शकको संख्या क्रमशः बढाउदै लगेको छ ।
लोकदोहोरी लयमा आधारित, स्थानीय गुरुङ समुदायको संस्कृति झल्कने र गोरखा जिल्ला, सिरानचोक गाउँपालिकाको भौगोलिक सुन्दरता देखाएको यो गितले युट्यूमा सार्बजनिक भएको एघार दिनमा झण्डै २ लाख दर्शकको माया पाईसकेको छ ।
सुजन रेग्मी हाल काठमाडौंको टोखा नगरपालिकामा इन्जिनियरको पदमा कार्यरत छन् । रेग्मीको पहिलो गित “झुम्कावाली” र दोश्रो गित “कठै ऐना हेरी” मिलियन क्लवमा प्रवेश गरीसकेका छन् । हाल आफ्नै जन्मस्थलो गोरखाको “केरावारी” लाई संसारभर चिनाउने उदेश्यका साथ यो गित लेखिएको रेग्मी बताउछन् ।
पर्यटकिय क्षेत्रका रुपमा विकास हुँदै गएको गोरखाको सिरानचोकलाई थप प्रचार प्रसार गर्ने र यहाँको स्थानीय रहन सहनलाई आम दर्शक समक्षा देखाउदै आफ्नो जन्मथलोको पर्यटकिय विकासमा पहल गरिएको लेखक रेग्मीले अर्थ बुलेटिनलाई बताए । युट्यूबसंगै सामाजिक सञ्जाल टिकटकमा समेत गितले चर्चा पाउँदा गोरखाको समग्र पर्यटन विकासमा उल्लेख्य योगदान पुग्ने गोरखा केरावारी काठमाडौं सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद ढकालले बताए ।
गितमा ई. रेग्मीको शब्द, चिज गुरूङ र शान्ति श्री परियार स्वर, बि.बि.अनुरागीको लय र संगीत रहेको छ । गितको म्युजिक भिडियो ‘दिप फिल्म्स प्रोडक्सन’ ले तयार गरेको हो । भिडियोमा सुधिर श्रेष्ठ, स्मारिका ढकाल, लक्ष्मी गुरूङ लगाएतका कलाकारको अभिनय रहेको छ । उक्त गित दिप गुरूङले निर्देशन गरेका हुन् । गित गोरखा केराबारी काठमाडौँ सम्पर्क समाजको प्रस्तुतिमा नमस्ते गोरखा युट्यूबमा सार्बजनिक गरिएको छ ।