गायक रामकृष्ण ढकाल र नीलम शाह अब श्रीमान श्रीमती रहेनन्विहे गरेको १७ वर्षपछि सम्बन्ध विच्छेद

 अर्थ बुलेटिन संवाददाता   ९ पौष, २०७६



काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमती नीलम शाह ढकालबीच सम्बन्ध विच्छेद भएको छ । विहे गरेको   १७ वर्षपछि बुधबार उनीहरुबीचको  सम्बन्ध  टुंगिएको हो । उनीहरुले जिल्ला अदालत काठमाडौंमा  गएर आपसी सहमतिमै सम्बन्ध विच्छेद गरेका हुन् ।

यसअघि मंगलबार नीलमले अदालतमा रामकृष्णसँग सम्बन्ध विच्छेद गरी पाऊँ भनेर निवेदन दर्ता गराएकी थिईन् । निलमले रामकृष्णसँग अंश नलिने र छोरी आफैसँग राख्ने गरी सम्बन्ध विच्छेद भएको अदालतले जनाएको छ ।

जिल्ला अदालतका काठमाडौंका न्यायाधीश विदुर कोइरालाको एकल इजलासले रामकृष्ण र नीलमबीच सम्बन्ध विच्छेद भएको फैसला सुनाएको हो । रामकृष्ण र निलम दुबैले  ‘सम्बन्ध विच्छेद गर्न मञ्जुर छौँ’ भन्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

विक्रम संवत् २०५९ सालमा रामकृष्ण र नीलमबीच प्रेम विवाह भएको थियो । उनीहरुको एक छोरी छिन् । नीलमले रामकृष्ण ढकालका केही गीतमा  मोडलिङ समेत गरेकी छन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation