निर्माण हुने भयो राजकुलेश्वर निमावि भवन, ‘नेपथ्य साँझ’मा जुट्यो रकम

 अर्थ बुलेटिन संवाददाता   २३ फागुन, २०७६



काठमाडौं । दोलखाको भिमेश्वर नगरपालिका–२ स्थित राजकुलेश्वर निम्नमाध्यमिकविद्यालयकोभवननिर्माण कार्य तीव्र रूपमा अघि बढ्ने भएको छ। विभिन्न क्षेत्रकादातातथा सामाजिक संघसंस्थाको अगुवाइमाआर्थिक स्रोत जुटाइएपछि विद्यालयभवननिर्माण गर्नले तीव्रतालिने भएको हो। 

हेल्प नेपाल नेटवर्क र चर्चित संगीतिक समूहनेपथ्यले पनिविद्यालयभवननिर्माणका लागिआर्थिक सहयोग जुटाउन कार्यक्रमको आयोजना गरेका छन्। राजकुलेश्वर निमाविकोपुनर्निर्माण कार्य २०७३ चैत १५ गते औपचारिक उद्घाटनमार्फत भएको थियो। तर, विद्यालयभवनअझै निर्माणाधीन अवस्थामै छ। 

स्वीकृति प्राप्त डिजाइनअनुसार स्कुलभवनबनेपछि तीन सयविद्यार्थीले भूकम्पप्रतिरोधीभवनमा पढ्ने अवसर पाउने छन्। आधारभूत सुविधाहरुले युक्त यो भवन परम्परागत नेपाली ढाँचामा बन्दैछ।

‘नेपथ्य साँझ’बाट जुटाइयोरकम
भृकुटी मण्डपको बगैँचामा काठमाडौंकादर्शकहरुसँग साक्षात्कार गर्न उभिएको लोक रक ब्याण्ड नेपथ्यले सांगीतिक प्रस्तुतिदियो।

‘आँगनै रि हिउँ नै झरे
आरूफूल है टिपि राखे है’
नेपथ्यका स्थापनाकालीन सदस्यहरु र ब्याण्डकै प्रारम्भिकदिनहरुको झल्को तस्बिरहरुमा देखाउँदै प्रस्तुतभएको उक्तगीतसँगै मुख्यगायकतथाअगुवा अमृत गुरुङले एकपछि अर्को सर्वकालीक हिट गीतहरु सुनाउँदै गए।

‘भूकम्पले भत्काइदिएको दोलखाको सरकारी स्कुलपुनर्निर्माणका निम्तिआयोजनाभएको यो कार्यक्रममातपाईहरुको मनकारी सहभागिताकानिम्ति नेपथ्यको तर्फबाट हार्दिक धन्यवादव्यक्तगर्दछु है,’ अमृतले भने, ‘देशका धेरै बालबालिकाहरु अहिले पनि शिक्षाबाट बञ्चित छन्,हामी सबै मिलेर सबैलाईशिक्षितबनाउनहातेमालो गरम् है।’

अमृतले उनको परिचित शैलीमै पछिल्लो ‘है’ भनेरचिच्याउँदा भृकुटी मण्डपको बगैँचामाउपस्थितहजारौं दर्शकले पनि उसैगरी उनलाई साथदिएकाथिए। कन्सर्टमा काठमाडौंकादर्शकहरुलाई अमृतले पहिलोपटक ब्याण्डको ‘नैनाताल’गीत सुनाएकाथिए।

लडाइँका निम्तिविदेशिएकालाहुरेहरुले रमाइलो गर्ने बेलामागाउँदै आएको यो गीतअमृतले उनको मामाबाट सुनेकाथिए। त्यसैलाई परिमार्जनसहित नेपथ्यले आफ्नो पछिल्लो अल्बममा समावेश गरेको छ ।

गीतको बोलले भन्छ–
‘नैनाताल नैनाताल
घुमिआयो रेल
आँखामालाउने कालो गाजल
बुलबुलेमा तेल
नैनाताल’

यो गीत सुनाएपछि अमृत केहीबेर मुलुकको परिस्थितिलाई लिएर राजधानीकादर्शकहरुसँग बात मार्न इच्छुक देखिए।‘हाम्राअगुवाहरुलाई धेरै गरेँ झैँ लाग्छ होला तर देशको हालतसबैतिर लथालिङ्ग देखिन्छ है,’ उनले थपे, ‘हामी सबैले गाउँ, सहर, टोलका नेतृत्ववर्गलाई सच्चिने सुझावदिउँ है। नसच्चिए समय र सचेत जनताले कसैलाई पनि छुट दिनेछैन । सबै मिलेर जिम्मेवारहरुलाई सच्चिनुहोस् भनम् ह...ई।’

त्यसपछि फेरि ब्याण्डका नयाँ पुरानागीतहरुको श्रृंखलाचलेको थियो। सँधै झैँ यसपालापनि ‘छेक्यो छेक्यो’, ‘रेश्शम’, ‘भेँडाको ऊनजस्तो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलै ले’ हुँदै पछिल्लो समय जताततै बज्दै आएको ‘तालकोपानी’ सम्मगाएर सुनाइएको थियो।
भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधीन अवस्थामा रहेको उद्देश्यअनुसारै कन्सर्टलाई ‘शिक्षाकालागि संगीत’नामदिइएको थियो।
२०७२ सालको विनाशकारी महाभुकम्पका बेला नेपथ्य ब्याण्डले प्रधानमन्त्रीराहतकोषमादुईपटक गरेर दशलाख रुपैयाँ र विदेशका केही कन्सर्टहरुबाट उठेको रकमसमेत उतैबाट समर्पित गरेर झण्डै चालिस लाख रुपैयाँको योगदानदिएको थियो। 

त्यसैको निरन्तरता यो कन्सर्ट पनिभएको जानकारी ब्याण्डको व्यवस्थापनगर्दैआएकाकिरणकृष्ण श्रेष्ठले दिएका छन्।
ब्याण्डले भुकम्पलगत्तै अष्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र संयुक्त अरब इमिरेट्सको दुबईमाआयोजित कन्सर्टबाट उठेको रकमलाई भुकम्प पीडितहरुकै सहयोगार्थ समर्पित गरेको थियो।

‘यो कन्सर्टबाट उठेको रकमले अब दोलखाका स–साना स्कुले नानीहरुले पढ्ने ठाउँमा छानो पाउने भएका छन्,’ हेल्प नेपाल नेटवर्ककानिर्देशक रोशेन्द्रध्वज खड्काले भने, ‘संगीतलाई यसरी लोक कल्याणकारी कार्यसँग जोड्नपाएकोमाअसाध्यै खुशीलागेको छ।’
‘हेल्प नेपाल नेटवर्क’ परोपकारी संस्थाहो। मुलुकको ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा र दैवीप्रकोपका क्षेत्रमा यस संस्थाले आफूलाई संलग्न गराउँदै आएको छ।

‘नेपथ्यले आफूलाई मनोरञ्जनमामात्र सीमित नराखेर सामाजिकदायित्वका क्षेत्रमापनि धेरै अघिदेखि अग्रस्थानमाउभ्याउँदै आएको छ,’ ब्याण्डका मुख्यगायकएवं अगुवा अमृत गुरुङले भने, ‘दोलखाका स–सानानानीहरुमा समर्पित यो कन्सर्टले त्यसै उद्देश्यलाई निरन्तरतादिएको हो।’

ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविनशाक्य, गितारमानिरज गुरुङ र मादलमाशान्ति रायमाझीले अमृतको प्रस्तुतिमा सघाएका थिए।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation