एपीएफ टोलीद्वारा चोरीको सामान बरामद

 अर्थ बुलेटिन संवाददाता   २३ फागुन, २०७६



काठमाडौं । सुनसरी जिल्लाको वर्जु गाउपालिका २ स्थित भिमपुर सडक खण्डबाट एपीएफ टोलीले फागुन २२ गते करीव एक लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अवस्थामा उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्वर १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले फागुन २३ गते करीव ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ९ वटा मोवाईल सेट बरामद गरेको छ ।

बी आर ३० टी १३२५ भारतीय नम्वरको मोटरसाईकलमा अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त मोवाईल एपीएफ टोलीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद मोवाईल तथा मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation