अवैध रकमसहित एक विदेशी नागरकि पक्राउ

 अर्थ बुलेटिन संवाददाता   २८ फागुन, २०७६



काठमाडौं । लुकाई छिपाई अवैध रुपमा बाहिरी मुलुक लैजान लागेको रकम सहित काठमाडौंबाट सिंगापुर जान लागेका सिंगापुर नागरिक के ०९२६००२ जि नम्बर राहदानी बाहक ५७ वर्षीय तान्जिम चिउङलाई  सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा चिउङले साथमा लिई आएको ह्याण्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।     

Chiong लाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।  



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation