आपूर्ति व्यवस्थाको अवस्थाबारे नेपाल चेम्बर अफ कमर्समा छलफल वाणिज्य तथा आपूर्ति सचिव सहभागी

 अर्थ बुलेटिन संवाददाता   २८ फागुन, २०७६



काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा फागुन २७ गते मंगलबार बाणिज्य तथा आपूर्ति सचिव डा. वैकुण्ठ अर्याल तथा स्वास्थ्य  सचिव यादव कोइरालाको प्रमुख आतिथ्यतामा कोराना भाइरस (कोभिड १९)का सन्दर्भमा आपूर्ति व्यवस्थाका विद्यमान स्थितिबारे अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ ।  
अन्तरक्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले बजारमा औषधि, मास्क, सेनिटाइजर लगायतका सामाग्रीहरुका सहज आपुर्तिको व्यवस्था गर्नुपर्ने बताउनु भयो । साथै यस प्रकोपबाट सुरक्षात्मक उपायहरु अवलम्बन गर्न समेत सबैपक्षसँग चेम्बरले अनुरोध गरेको छ ।

कार्यक्रममा व्यवसायीहरुले बजारमा सबै सामग्रीहरु पर्याप्त मात्रामा रहेको छ । त्यसैले हल्लाको पछि लागेर आफूलार्ई चाहिने भन्दा बढि सामान किनेर राख्नु हुदैंन । यसले बजारमा अभाव सिर्जना गर्ने काम मात्र गरिरहेको हुन्छ ।

त्यसैले गर्दा उपभोक्ताले आफूलाई जति सामान चाहिन्छ, त्यति मात्रै किन्नु पर्छ । यदि यस्तो गरिएन भने बजारमा  कालोबजारीलाई बढाउँने काम गर्छ । त्यसैले यसलाई रोक्नु पर्छ । बजारमा पाँच महिनाको लागि पुग्ने सामाग्रीहरु जस्तै खाद्यन्न, औषधी, चिनी, नुन लगायतका रहेको छ । ग्यास, पेट्रलियम पदार्थ एक महिनाको लागि पुग्ने छ, र आयातमा कुनै किसिमको अवरोध आइरहेको छैन । अहिले कोराना भाइरस (कोभिड १९)को हल्लाले गर्दा समस्या भइरहेको छ ।नत्र भने कुनै पनि किसिमको समस्या खाद्यन्नमा छैन । 

कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार संघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, आपूर्ति व्यवस्थापन समितिका सभापति देवेन्द्र भक्त श्रेष्ठ, साल्ट टे«डिङका महाप्रबन्धक उर्मिला श्रेष्ठ, नेपाल ग्यास वितरक संघका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठ, बाणिज्य तथा आपूर्ति सचिव डा. वैकुण्ठ अर्याल, स्वास्थ्य सचिव यादव कोइराला, एलपी ग्यासका अध्यक्ष गोकुल भण्डारी,नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधान, नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठ, नेपाल औषधी उत्पादन संघका अध्यक्ष नारायण बहादुर श्रेष्ठ, नेपाल वितरक संघका अध्यक्ष राजेन सिंमखडा, फलफूल व्यापार संघका अध्यक्ष अमर वानिया, नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशिल भटराई, वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका नेत्र प्रसाद सुवेदी, नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठ, , खाद्यान्न र खुद्रा व्यापार संघका पुर्व अध्यक्ष पवित्र बज्रचार्य, जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्य, रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरे, औषधी उत्पादनसंघका पूर्व अध्यक्ष शंकर घिमिरे र नेपाल एलपी ग्यासका निवर्तमान अध्यक्ष शिव प्रसाद घिमिरेको उपस्थिति रहेको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation