चन्द्रागिरि केबलकार बन्द

    ९ चैत, २०७६



काठमाडौँ  । कोभिड–१९ बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि हुन सक्ने भन्दै आजदेखि चन्द्रागिरि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो । 

 हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले सरकारको नीति र निर्देशन पालनाका साथै रोग फैलन सजग हुनुपर्ने भएकाले तत्कालका लागि केवलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

“सरकारको निर्णय र निर्देशनअनुसार अति आवश्यक सेवाबाहेकका अन्य सेवा बन्द गर्ने निर्णयबमोजिम अर्को सूचना नआएसम्मका लागि केबलकार र रिसोर्ट बन्द गर्ने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो । हिल्सले कोरोनाको सङ्क्रमणबाट जोगिनका लागि सम्पूर्ण जनतालाई आग्रहसमेत गरेको छ ।    



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation