यूएईमा कोरोना संक्रमित २ नेपाली नागरिक निको भए

 अर्थ बुलेटिन संवाददाता   ११ चैत, २०७६



काठमाडौं । यूएईमा कोरोना भाइरस  (कोभिड–१९)  बाट संक्रमित २ जना नेपाली नागरिक निको भएका छन् ।  यूएईको स्वास्थ्य मन्त्रालय अन्तरगत  आबुधाबी स्वास्थ्य विभागकी सरुवा रोग नियन्त्रणसम्बन्धी महाशाखाकी प्रमुख रहेकी डाक्टर फरिदा अल होसेनीले सोमबार  पत्रकार सम्मेलनमार्फत सो कुरा जनाएकी हुन् ।

उनले  २ जना नेपाली नागरिकसहित ३ जना व्यक्ति निको भएकी जनाएको स्थानीय सञ्‍चारमाध्यम द नेसनलले जनाएको छ ।

निको हुने अर्को एक जना भने इरानी नागरिक रहेको डाक्टर फरिदाले जानकारी दिएकी छिन् । योसहित यूएईमा कोभिड–१९ बाट संक्रमित भएका ४१ जनाले स्वास्थ्यलाभ गरेका छन् ।

डाक्टर फरिदाले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि यूएई सरकार दृढताका साथ लागेको र संक्रमितहरुको मुलुकमा रहेका विभिन्न अस्पतालमा उपचार भइरहेको पनि  जनाईन् । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation