चीनमा देखियो अर्को नयाँ भाइरस, एकजनाको मृत्यु भएको पुष्टि

 अर्थ बुलेटिन संवाददाता   ११ चैत, २०७६



काठमाडौं ।   भाइरसको संक्रमणबाट विश्व नै प्रभावित भैरहेका बेला   चीनमा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सोमबार सान्डोङ प्रान्तमा  एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार सोमबार सान्डोङ प्रान्तमा हान्ता भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको हो ।  काममा फर्कने क्रममा बसमा युनान प्रान्तका ति  व्यक्तिको मृत्यु हो । लगत्तै बसमा रहेका अन्य ३२ जना मानिसको भाइरस परीक्षण गरिएको छ ।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार ती व्यक्तिको हान्ता नामक भाइरसका कारण ज्यान गएको हो । उक्त भाइरस मुसाबाट सर्ने अन्य भाइरसको परिवार रहेको र यसले अन्य धेरै रोग निम्त्याउने बताइएको छ ।


तर यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने पनि सिडिसीले स्पष्ट पारेको छ । यो हावाबाट सर्दैन । मुसाको पिसाब, ¥याल वा राम्ररी नपचेका खाद्य पदार्थको बाँकी अशंबाट मानिसमा सर्छ ।

यसको प्रारम्भिक लक्षणमा थकान, ज्वरो आउने, मांशपेशी दुख्ने, रिंगटा लाग्ने आदि समस्या देखिन्छन् । समयमै उपचार नभए खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या आउन सक्छ र ज्यान पनि जान सक्छ ।

सिडिसीले मुसाको संख्या नियन्त्रण गर्नु नै हान्ता भाइरस नियन्त्रणको पहिलो उपाय भएको बताएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation