अब रिचार्ज गर्दा रकम बराबरकै बोनस, २ सय रुपैयाँसम्म सापटी

 अर्थ बुलेटिन संवाददाता   ११ चैत, २०७६



काठमाडौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले  रिचार्ज रकम बराबरको बोनस दिन दूरसञ्चार कम्पनीलाई निर्देशन दिएको छ ।  मङ्गलवार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो ।

 बढीमा एक महिनाको लागि यस्तो व्यवस्था गर्न निर्देशन दिइएको र मङ्गलबारै सेवा प्रदायकहरूलाई निर्णय पठाइसकिएको प्राधिकरणका एक अधिकारीकारीले बताए । 

बैठकले ब्यालेन्स सकिएमा २ सय रुपैयाँसम्म सापटी दिन पनि टेलिकम कम्पनीहरूलाई निर्देशन दिइएको छ ।  बैठकले  सस्तो डाटा प्याकेज घोषणा गर्न प्राधिकरणको पूर्व स्वीकृति नचाहिने व्यवस्था समेत गरेको बताईएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation