आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने टेलिकमको प्रतिबद्धता

 अर्थ बुलेटिन संवाददाता   १२ चैत, २०७६



काठमाडौं । कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ ।

यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । 

यस कार्यका लागि आवश्यक समन्वय गर्ने ध्येयले पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लक डाउन अवधिभरको लागि थप गर्ने निर्णय गरेको छ ।  

यसैगरी कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना लकडाउन अवधिभरको लागि मिनाहा गर्ने निर्णय गरेको छ ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation