भ्रामक सूचना सम्प्रेषण गर्ने ७ वटा अनलाइन बन्द गर्न काउन्सिलको निर्देशन

 अर्थ बुलेटिन संवाददाता   १२ चैत, २०७६



काठमाडौं ।  प्रेस काउन्सिल नेपालले  भ्रामक सूचना सम्प्रेषण गर्ने अनलाइन बन्द गर्न निर्देशन दिएको छ ।  (कोभिड–१९) को बारेमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा  काउन्सिलले ७ वटा अनलाइन बन्द गर्न निर्देशन दिएको हो । 

साथै गलत सूचना दिने १७ मिडियालाई त्यस्तो भ्रमपूर्ण सामाग्री हटाउन र २४ घण्टे स्पष्टीकरण दिन पनि निर्देशन दिएको काउन्सिलले जनाएको छ । कोभिड–१९ बारे अफवाह र भ्रम फैलाउने ७ अनलाइन बन्द गर्ने निर्देशन दिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जनाए । 

त्यस्तै गलत सामाग्री प्रकाशित प्रसारित गर्ने १७ मिडियालाई २४ घण्टे स्पष्टिकरण र त्यस्ता सूचना हटाउन निर्देशन दिएको छ । यद्यपि खारेज गरिएका मिडियाको नाम भने खुलाइएको छैन ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation