पोखराको क्वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु

 अर्थ बुलेटिन संवाददाता   १२ चैत, २०७६



पोखरा । पोखरमा क्वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु भएको छ ।   केही समय अघि भारतको हैदराबादबाट नेपाल फर्किएका  व्यक्तिको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालका अनुसार मृतकको स्थायी ठेगाना कास्कीको रुपा गाउँपालिका रहेको छ ।  लामो समयदेखि मुटुको रोगले थलिएका उनलाई हिजोदेखि रुपा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार मृतक लामो समयदेखि मुटुको रोगी थिए । उनको कलेजोमा पानी जमी राखेको सुन्नमा आएको उनले सुनाए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भई सकेको थियो ।

डा. आचार्यले कोरोना भाइरसको संक्रमण भए नभएको भने पुष्टि नभएको बताए । ‘परिक्षणका लागि प्रदेश ल्याबमा पठाएका छौं,’ उनले भने, ‘कोरोना नै भएको भनेर भन्न मिल्दैन । ल्याबको रिपोर्टपछि नै थाहा हुन्छ ।’

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation