काठमाडौं महानगरले कोरोना फैलिन नदिन कीटनाशक औषधि छर्कन थाल्यो

 अर्थ बुलेटिन संवाददाता   १३ चैत, २०७६



काठमाडौं ।  नोबेल कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले (डिसइन्फेक्सन स्प्रे)  कीटनाशक औषधि छर्कन थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई  फैलिन नदिन  महानगरका विभिन्न स्थानमा  कीटनाशक औषधि  छर्किएको हो । 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने,  ‘काठमाडौं महानगपालिकाले बढी भिडभाड हुने वीर अस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजारलगायतका स्थानमा बुधबारदेखि कीटनाशक औषधी छर्कने कार्यको सुरुवात भएको छ,  सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, बु्रमरले सडक सफा गर्ने जस्ता कामलाई निरन्तरता दिन्छौँ ।’

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation