कोरोना परीक्षणको दायरा बढाउदै सरकारहालसम्म ३ हजार ५२४ जनाको परीक्षण सम्पन्न

 अर्थ बुलेटिन संवाददाता   २८ चैत, २०७६



काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड १९) को परीक्षणको  दायरा बढाउदै लगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् ।

उनले  ¥यापिड डायगोनिस्टिक टेस्ट (आरटीडी) विधिबाट मन्त्रालयले विभिन्न जिल्लामा कोभिड–१९ को परीक्षणको शुरुवात गरेको जानकारी गराए । अहिले हरेक प्रदेशलाई ५ हजारको दरले आरडीटी कीट वितरण गरिएको छ ।

हालसम्म ३ हजार ५२४ जनाको परीक्षण भएको जानकारी प्रवक्ता देवकोटाको भनाइ छ ।  पछिल्लो २४ घण्टामा काठमाडौँमा ४०१ र काठमाडौँ बाहिर २२९ गर ६३० जनाको कोभिड १९ परीक्षण गरिएको उनले बताए ।

अहिलेसम्म कोरोना प्रभावित जिल्ला कैलालीमा ३३९ जनाको, कञ्चनपुरमा १३७ जनाको, बाग्लुङमा १९ जनाको र कपिलवस्तुमा २१ जनाको कोभिड १९ परीक्षण गरिएको उनको भनाइ छ । उनले  सबैको नतिजा नेगेटिभ आएको भन्दै ८ सय बढीको परीक्षण प्रक्रिया रहेको उनले बताए ।

अहिले काठमाडौंमा १५ जनासहित देशैभर ८६६० क्वारेन्टाइन तथा १२५ जना  आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाको भनाइ छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation