नातिको बिहे खान वेलायत पुगेका एक नेपालीको कोरोना संक्रमणबाट मृत्यु

 अर्थ बुलेटिन संवाददाता   २८ चैत, २०७६



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक वृद्धको मृत्यु भएको छ ।  नातिको बिहेको शिलसिलामा बेलायत पुगेका  बाग्लुङका कर्ण बहादुर क्षेत्रीको कोरोनाका कारण मृत्यु भएको हो । सामान्य रुपमा डाइरिया लागेको र खानाको स्वादको फरक महशुस हुन थालेपछि उनलाई लण्डनको नर्थवीक पार्क अस्पतालमा भर्ना गरिएको थियो ।

आईसीयूमा उपचार रहेकै अवस्थामा उनको मृत्यु भएको बताइएको छ । अस्पतालले उनको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिएको पारिवारिक स्रोतले जनाएको छ ।  मार्चको पहिलो साता लण्डनमा भएको नातिको विवाहमा सहभागी हुन उनी श्रीमतीसहित बेलायत आएका थिए ।

घटनापछि परिवारका सबै सदस्य आइसोलेसनमा रहेका छन् ।  हालसम्म वेलायतमा ७ नेपालीको ज्यान  गैसकेको छ । 

 

 

 


 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation