मेघगर्जन चट्याङसहित क्षणिक वर्षाको सम्भावना

 अर्थ बुलेटिन संवाददाता   २९ चैत, २०७६



काठमाडौँ । स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    

 स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउन्ुभयो । उहाँका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

 उक्त मौसमी प्रणालीको असर आज रातिसम्म मात्र कायम रहने जनाएको छ । प्रिमनसुको गतिविधि भएकाले यसको प्रभाव लामो समय नरहने मौसमविद्को भनाइ रहेको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation