थप ३ जनामा कोरोना संक्रमण पुष्टिसंक्रमितको संख्या ४ सय ५७ पुग्यो

 अर्थबुलेटिन संवाददाता   ९ जेठ, २०७७



काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल  नेपालगन्ज  र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टिभएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको हो ।

जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी  १९ वर्षीय पुरुष रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिलेसम्म तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ४९ जना निको भएर घर फर्किएका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation