थप ९ जनामा कोरोना संक्रमण पुष्टिसंक्रमितको संख्या ५१६ पुग्यो

 अर्थबुलेटिन संवाददाता   ९ जेठ, २०७७



 काठमाडौं । थप ९ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमित थपिएका हुन् । यससँगै  नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
सप्तरीको बलान–बिहुल गाउँपालिकामा ३५ वर्षीय पुरुष, भक्तपुरको भक्तपुर नगरपालिका–९ मा ४२ वर्षीया महिला र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ मा ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation