थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

 अर्थबुलेटिन संवाददाता   १३ जेठ, २०७७



काठमाडौँ ।  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले विभिन्न जिल्लाका थप ९० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । 

मंगलबार संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २/२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एक/एक जना छन् । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।

हालसम्म सबैभन्दा बढी बाँकेमा १५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुमा १०९, पर्सामा ९५, रौतहटमा ६९ र रुपन्देहीमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् भने बाँके, सिन्धुपाल्चोक, गुल्मी र बाराका एक/एक गरी ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation