गणतन्त्र दिवसमा तीन दिनसम्म दिपावली गर्न गृहमन्त्रालयको आग्रह

 अर्थबुलेटिन संवाददाता   १४ जेठ, २०७७



काठमाडौं । गृह मन्त्रालयले दिपावली गरी गणतन्त्र दिवस मनाउन आग्रह गरेको छ । गृह  तीन दिनसम्म दिपावली गरी गणतन्त्र दिवस मनाउन  आम नागरिकमा अनुरोध गरेको हो ।

बुधबार  मन्त्रालयले  एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation