नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्युमृतकको संख्या ५ पुग्यो

 अर्थबुलेटिन संवाददाता   १५ जेठ, २०७७



काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । बुधबार साँझ ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषको निधन भएको हो । ललितपुरको किस्ट अस्पतालमा उपचाररत उनी जेठ ११ गते अस्पताल भर्ना भएका थिए ।  उनको जेठ १२ गते स्वाब संकलन गरिएको थियो ।

मृत्युको केही समयपछि आएको रिपोर्ट कोरोना पोजेटिभ देखिएको ललितपुर जनस्वास्थ्य जनाएको छ । उनी अल्कोहलिक लिभर डिजिजका कारण अस्पताल भर्ना भएका थिए ।

यद्यपि यसबारे हालसम्म स्वास्थ्य मन्त्रालयले भने आधिकारिक जानकारी दिएको छैन । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation