कोरोना संक्रमितको संख्या १४ हजार ०४६ पुग्यो, ४ हजार ६५६ जना डिस्चार्ज

 अर्थबुलेटिन संवाददाता   १७ असार, २०७७



काठमाडौं । नेपालमा ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।   यससँगै कोरोना भाइरस (कोभिड– १९) संक्रमितको संख्या १४ हजार ०४६  पुगेको छ ।

 बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

अहिलेसम्म संक्रमितमध्ये  ४ हजार ६५६ जना डिस्चार्ज भएको जना निको भएर घर फर्किएको प्रवक्ता देवकोटाको भनाइ छ ।  यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

अछामका ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो । मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन भएकोमा मंगलबार कोरोनाको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिए  ।

यसैबीच पीपीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ जनाको कोरोना परीक्षण भएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation