‘बदमास’ बोलको गीतमा दिपेन्द्र र सोनीका रोकायाको रोमान्स

 अर्थबुलेटिन संवाददाता   २६ असार, २०७७



काठमाडौं । प्रायः सबै विधाका गीत गाइसकेका युवा गायक चिरञ्जीवी भण्डारी आफ्नो बिल्कुलै नौलो स्वाद बोकेको गीतको म्युजिक भिडियोमार्फत दर्शकमाझ आएका छन् । ‘बदमास’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो बिहिबार साझ सार्वजनिक गरिएको छ ।

उक्त गीतलाई संगीतकार भीम बिसीले संगीतबद्ध गरेका छन् । गीतमा शब्दहरु विक्रम सुन्दासले रचना गरेका हुन् भने पुष्पकर सुनुवारले संगीत संयोजन गरेका छन् । गीतको म्युजिक भिडियो आकर्षक बनेको छ ।

दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको उक्त गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट सार्बजनिक गरीएको छ । हेर्नुस भिडियो यस्तो बनेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation