राजु परियार र टिका पुनकोे तिज गीत ‘आँगनिमा’ दर्शकमाझ

 अर्थबुलेटिन संवाददाता   ९ सावन, २०७७



काठमाडौं । चर्चित गायक गायीका राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायर को स्वरमा तिज गीत ‘आँगनिमा’ सार्वजनिक भएको छ । डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तिज गीत ‘आँगनिमा’ मा शब्द तथा लय कलशी रोकायाको रहेको । पाशर्व स्वर स्मृति शाही, पुस्पा बोहरा र मुना रोक्काको रहेको छ ।

भिडियोको निर्देशन प्रभावन जे को रहेको छ । अभिनयमा सारिका केशि, चक्र बम, रश्मि भट्ट, प्रलाद खरेल, गीतान्जली बलायर, रिता अधिकारी, बुवन विक बाल कलाकार कौशल बलायर, नवोदिता गिरि  र दिप्ति रतालाले गरेका छन् । सहायक निर्देशन राजाराम गौतमले  गरेका छन् । निर्माण नियन्त्रक विवेक चौलागाईको रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाई को छायांकन रहेको भिडियोको  सम्पादन विष्णु खड्काले गरेका छन् । कोरियोग्राफर शन्तोश राजबाहक को रहेको छ । श्रृङ्गार माहि सिङले गरेकि छन् । बिग परिवेश रेकर्डिङ स्टुडियो रेकर्ड गरिएको गीतको एरेन्ज भुवन बडु, मिक्सिङ(जीवन बडु, रेकर्डिस्ट मनोज डङोलले गरेका हुन् । भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation