दिपेन्द्र बुढाकेशरीको ‘नक्कली’ दर्शकमाझ

 अर्थबुलेटिन संवाददाता   २३ सावन, २०७७



काठमाडौं । गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा रहेको “नक्कली “ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।

च्यान्ज र थड आईको शब्द तथा दिपेन्द्र बुढाकेशरीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीका को मायामा आफु निकै पागल भएको कुरा गीतमा गरिएको छ । राकेश सोनीको एरेन्ज गीतमा रहेको छ ।

दिपक गिरी र नविन गिरीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा छ । नक्कली गीतको भिडियोमा पु्जन घिमिरे, समिर खान, भरत कढायत, दिनेश कढायत, जनिश गिरी, रुपक रोकाया, काशिष, सविता आले, सन्देश, सरिता मगर, दिपेन्द्र बुढाकेशरी, सुस्मा कोइरालाको फिचरिङ तथा अभिनय रहेको छ  ।
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation