तिज गित “छम छम बजाउँदै चुरा“ सार्बजनिक

 अर्थबुलेटिन संवाददाता   २६ सावन, २०७७



काठमाडौं । बरिष्ठ गायिका देविका बन्दनाको स्वरमा सजिएको तिज गीत “छम छम बजाउँदै चुरा“को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका देविका बन्दनाको यो दोस्रो तिज गित हो। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले करडौ दर्शक श्रोताको मन जित्न सफल बरिष्ट गायिका देविका बन्दना आफैमा स्थापित गायिका हुन ।

हिन्दु नारीहरुको महान चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने बरिष्ट अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा,  सोनी काररंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् । शर्मिला मल्लको यो पहिलो तिज म्युजिक भिडियो हो ।
संचारकर्मी तथा निर्देशक सूर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार शोभा केसीको शब्द, संगीतकार सम्राट थापाको संगीत र एरेन्ज छ भने शिव विकले कोरियोग्राफी गरेका छन् । भिडियोमा अजय रेग्मीको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ ।

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation