गुणराज श्रेष्ठको ’हल्ला धेरै भो’ सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   १४ भदौ, २०७७



काठमाडौं । गायक गुणराज श्रेष्ठको नयाँ गीत ’हल्ला धेरै भो’ को भिडियो सार्वजनिक भएको छ । गीतकार वि पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको ’हल्ला धेरै भो’ गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ । डान्सिङ भर्सनको गीतको भिडियोमा कविता नेपाली, भिजु पार्की र अन्जु निरौलाको मुख्य नृत्य र अभिनय रहेको छ ।

अनिल के मानन्धरको छायांकन, प्रविण भट्टले सम्पादन रहेको भिडियोलाई  प्रमोद के भण्डारीले निर्देशन गरेका हुन् । औपचारिक संगीतको ज्ञान बोकेर नेपाली संगीतमा प्रवेश गरेका गुणराज छोटो समयमा नै संगीतकर्मी र स्रोताको नजरमा कुशल गायकको छवि बनाउन सफल देखिएका गायक हुन् । नृत्यमा समेत दख्खल भएका उनले आफ्ना गीतहरु मध्य केही भिडियोमा अभिनय समेत गरेका छन ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation