

२४ चैत, २०८१ | 06 Apr, 2025
काठमाडौं । कोरना कहरविच गायक विजय शंकर र गायिका विमोचना लोम्जेल आफ्नो नयाँ म्युजिक भिडियो ‘माया बैगुनी’ सार्वजनिक गरेकाछन ।प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत स्वयम् गायक विजय शंखरको रहेको छ । यो गीतलाई टेकेन्द्र याक्शो लिम्बुले संगीत संयोजन गरेका हुुन ।
प्रेम गर्न चाहने युवा युवती विचको फकाउने खोज्ने तरिका र ठट्टालाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायिका आंचल शर्मा र मोडेल निराजन प्रधान फिचर्ड छन् ।
सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यो भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन । भिडियोलाई सुशील न्यौपानेले सम्पादन गरेका हुन् भने सोनाम पाख्रिनको निर्देशनमा भिडियो तयार पारिएको हो ।