गायक इन्द्रजित मिजारको ’जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   ५ कार्तिक, २०७७



काठमाडौं । वरिष्ठ गायक इन्द्रजित मिजारको स्वरमा आबद्द ’जुनमा हेरूँ तिमीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेमिल शैलीको  गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ । गीतमा संगीत वरिस्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ।  यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् ।

चलचित्र देउतामा समावेश ’अब यो बाटो मेरो हो ’ बोलको गीत पश्चात २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा  महानायक राजेश हमाल अभिनयले  गरेका छन् । नायक हमालको साथमा  भिडियोमा आज्ञा खतिवडा र दिलिप केसी फिचर्ड छन् ।

समी श्रेष्ठले कोरियोग्राफी गरेको यस भिडियोलाई श्याम तामाङले छायांकन गरेका हुन् । विकाश दहालले भिडियो सम्पादन गरेका हुन् ।  श्याम लामा र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गीतकार लोहारको अफिसिएल च्यानल ’गोलो  प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

पुरानो पुस्ता र नयाँ पुस्ताका लोकप्रिय कलाकारहरुका आवाजमा उत्कृष्ठ गीतहरु सार्वजनिक गर्दै आएका गीतकार लोहारका यसअघि थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । आगामी दिनहरुमा अझै स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । दशैँको कोशेली स्वरूप प्रस्तुत यस गीतलाई सुनेर प्रतिक्रिया दिन हुन् निर्माण टिमले सम्पूर्ण दर्शक , स्रोता र मिडिया हाउसलाई आग्रह गरेका छन् ।    

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation