प्रितम आचार्यको नयाँ गीत सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   ३० कार्तिक, २०७७



काठमाडौं ।  सानै उमेरमा आफ्नो गायकीले धेरैको मन जित्न सफल प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘म पागल सरि’बोलको गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ । लामो समय देखि नेपाली संगीतमा सक्रिय रहदै आएका संगीतकार शशि बिक्रम थापाले नै यस गीतमा संगीत संयोजन गरेका छन् ।

अमेरिकामा छायाँकन गरिएको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाँकन र सम्पादन गरेका छन् । एल.डि बास्तोलाले निर्माण गरेको भिडियोको ब्यबस्थापन तुला अधिकारीले गरेका छन् ।

सार्वजनिक भिडियोमा मुकेश अधिकारी,गोमा बास्तोला,निश्चल अधिकारी र लिजा बास्तोला फिचर्ड छन् । भिडियो हाम्रो आफ्नै टिभी नामक यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation