टिका प्रसाईको नयाँ गीत ’माया लाउँ कि नलाउँ भो’ सार्वजनिक

 अर्थबुलेटिन संवाददाता   २ मंसिर, २०७७



काठमाडौं । चर्चित गायिका टिका प्रसाईको नयाँ गीत ’माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।  

प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर सुन्न सकिन्छ । गीतका शब्द  चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन् । रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

धुलिखेलमा छायांकन गरिएको म्युजिक भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको साथमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको मुख्य भुमिका रहेको छ ।

भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन् । भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो ।

गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन् ।   

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation