१६ सय ७४ संक्रमित थपिदा २३ सय २३ ले जिते कोरोना

 अर्थबुलेटिन संवाददाता   ६ मंसिर, २०७७



काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप  १ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार १४४ जनाको नमूना परीक्षण गर्दा १ हजार ६७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । संक्रमितमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८९९ जना थपिएका छन् ।

जसअनुसार काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६५ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

उता नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या पनि झण्डै दुई लाख  पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३२३ जनाले कोरोना संक्रमण जितेका छन् । यससँगै  नेपालमा संक्रमणमुक्त हुनेको संख्या १ लाख ९३ हजार ३३५ जना पुगेको छ ।

यस्तै हालसम्म १ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हाल देशभर २४ हजार ९ जना सक्रिय संक्रमित छन् ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation