२४ घण्टामा थपिए १६ सय १४ संक्रमित, १४ सय ३७ निको भए

 अर्थबुलेटिन संवाददाता   ११ मंसिर, २०७७



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर  १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले ९ हजार ४९१ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको जनाएको हो ।   यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख २७ हजार ६४० जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४३७ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ९ हजार ४३५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १६ हजार ७९३ जना आइसोलेसन र ६८० जना क्वारेन्टिनमा छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation