विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य काठमाडौंमा ‘टेस्ट ड्राइभ’ सप्ताह जारी

 अर्थ बुलेटिन   २९ भदौ, २०७८



काठमाडौं । निसान कम्पनीले जापानमा उत्पादन गरेको बिधुतिय सवारी ‘निसान लिफ’ काठमाडौँमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ ।

नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक बिक्रेता ‘पायोनीयर मोटो कर्प’ ले निसान लिफको टेस्ट ड्राइभको लागि यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म ‘निसान लिफ टेस्ट ड्राइभ सप्ताह’ संचालन गर्न गरेको हो । 

यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरी विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मुल्यांकन सुविधा तथा वित्त पोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कम्पनीले जानकारी दिएको छ । यो टेस्ट ड्राइभ सप्ताह यहि भाद्र २८ गते देखि असोज ४ गते सम्म निसान कम्पनीको काठमाडौँमा रहेको (थापाथली तथा उत्तर ढोका) शोरूममा बिहान १० बजे देखि सुरु हुनेछ ।

 

अहिलेको परिस्थितिमा निसान कम्पनीले एउटा वातावरण मैत्री सवारी साधनलाई नेपाल प्रबेश गराउनुलाई ग्राहकबर्गहरुले एउटा सराहनीय कदमको रुपमा लिएको कम्पनीले जानकारी गराएको छ । नेपाल भित्रिनु भन्दा पहिले नै यो गाडीको विश्वभर १० बर्षभन्दा बढी परीक्षण भैसकेको छ ।  यस अवधिमा विश्वमा ५ लाखभन्दा बढी निसान लिफ बिक्रि भैसकेको छ भने निसान लिफले विश्वभर १२ अर्ब किलोमीटरको यात्रा तय गरिसकेको छ ।

निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु (ए।बी। एस, इ।बी।डी तथा बी।ए) ले गर्दा विभिन्न प्रकारका सडकहरुमा प्रयोग गर्न सजिलो तथा सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले दावि गरेको छ । यस गाडीको ब्याट्रीमा कम्पनीले ८ बर्षको वारेण्टी प्रदान गरिरहेको छ जुनकुनै पनि अरु गैर बिधुतिय गाडीको तुलनामा ग्राहकहरुलाई धेरै किफायती साबित हुनेछ ।

निसान लिफ ४० किलोवाट हावर ब्याट्रीको साथमा उपलब्ध छ जसले ३११ किमि सम्मको दुरी तय गर्न सक्छ । यसको इलेक्ट्रिक मोटरले १५० पी एस र ३२० एन एम टोर्क प्रदान गर्दछ । त्यस्तै निसान लिफ ० देखि १०० कि मि/घण्टा ७।५ सेकेन्ड मा जान सक्ने र यसको अधिकतम गति १४० कि मि/घण्टा रहेको कम्पनीले जनाएको छ । 

नेपालमा एउटा अत्याधुनिक तथा वातावरण मैत्री सवारी साधन चलाउन इच्छुक ग्राहकको लागि कम्पनीले निसान लिफ रु ५९।९९ लाखमा उपलब्ध गराइरहेकोे छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation