दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न अवलोकनकर्ताको उत्साहजनक सहभागीता

 अर्थ बुलेटिन   २२ असोज, २०८०



काठमाडौं । काठमाडौंमा शुक्रबार र शनिबार आयोजना भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्प सम्पन्न भएको छ । असोज १९ र २० गते थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुई दिने फेस्ट अवलोकनकर्ताको उत्साहजनक सहभागीतासहित सम्पन्न भएको हो ।

लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागीता रहेको थियो ।

फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । प्रदर्शनीमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, सफ्टवेयर तथा हार्डवेयर सोलुसन लगायतका स्टार्टअप इन्नोभेसन र आईडिया राखिएको थियो ।

देशैभरका नयाँ नयाँ स्टार्टअप, इन्नोभेसन हेर्न अवलोकनकर्ताको उत्साहजनक सहभागीता थियो । २ दिन सम्म चलेको फेस्ट १२ हजार बढीले अवलोकन गरेको छन् ।

आईसीटी अवार्ड २०२३ को प्रि-इभेन्ट क्याम्पियनको रूपमा भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाड अफ चेन्जमेकर्सको सहकार्य रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा नयाँ नयाँ आईडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आईडिया पिचिङ, एष्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए ।

फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थी इन्नोभेसन र १४ प्रडक्टहरूले समेत फेस्टमा आफ्ना आईडिया र प्रडक्टहरु प्रदर्शनीमा रहेका थिए । 

कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको थियो ।

कार्यक्रममा अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १४ प्रडक्ट र १३ राइजिङ स्टार इन्नोभेसनलाई भोट गर्न सकिने व्यवस्था गरिएको थियो ।  कार्यक्रमको अन्तिम दिन सहभागी भएका सातै प्रदेशका स्टार्टअप, एक्जिबिटर, मेन्टर, आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टलाई सहभागीताको सम्मानपत्र समेत वितरण गरिएको थियो ।

नेपालको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो । हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ ।

यस पटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक-एक स्टार्टअपलाई प्रोभिन्सियल रिकग्निसन आइसिटी अवार्ड समेत प्रदान गरिने छ ।

आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाडौंमा आयोजना हुनेछ । स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन् ।

कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रुपमा टेलिभिजन सिरिजहरु पनि प्रशारण गर्नेछ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप विकास खबर

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात


सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)

सुरू भयो दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट (फोटो फिचर)


आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु

आज देखी भैरहवावाट हङकङ र नयाँदिल्ली उडान सुरु

नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार

नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार


बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)

बुद्धजयन्तीका अवसरमा स्वयम्भूसहितका स्थानमा दर्शनार्थीको भिड (फाेटाे फिचर)


चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब


रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम अलपत्र : आठ करोड पेश्की, काम शून्य

रारा पर्यटकीय पूर्वाधार साइकल लेन निर्माणको काम अलपत्र : आठ करोड पेश्की, काम शून्य


अब नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता हुने (सूचनासहित)

अब नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता हुने (सूचनासहित)


आजको मौसमः मधेस र कोशी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

आजको मौसमः मधेस र कोशी प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation