नेपालमा करिब १५ लाख ५० हजार हेक्टरमा सिंचाईका पूर्वाधार२५ लाख हेक्टरमा क्षमता विकास गर्न सकिने

 बिनोद पौडेल   ७ सावन, २०८०



काठमाडौं, श्रावण ७ । नेपालमा हाल १५ लाख ५० हजार हेक्टर क्षेत्रफलमा सिंचाईको पूर्वाधारहरु तयार भएको एक कार्यक्रममा जानकारी गराईएको छ । 

सहभागितामुलक सिंचाई व्यवस्थापन (PIM) ले काठमाडौंमा सम्पन्न गरेको राष्ट्रिय सम्मेलन तथा संस्थाको वार्षिक साधारण सभा कार्यक्रममा पेश गरिएको कार्यपत्रमा सो को जानकारी गराईएको हो । 

नेपाल सरकार, सिंचाई व्यवस्था विभागका उप-महानिर्देशक टिकाराम बरालले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुदै १५ लाख ५० हजार हेक्टर क्षेत्रफलमा सिंचाईको पूर्वाधारहरु तयार भएको जानकारी दिनुभएको हो । बरालले हाल २५ लाख हेक्टरमा सिंचाई पुर्वाधार पुरयाउन सक्ने क्षमता नेपाल सरकारसंग रहेको पनि जानकारी गराउनुभयो । उहाँका अनुसार ५० बर्षको अन्तरालमा करिब २५ सय सिंचाई प्रणालिहरु संचालनमा आएका छन् । बरालले अब केहि महिनाको अन्तरालमानै सिंचाई मास्टर प्लान तयार हुने र यसले सिंचाई तथा कृषिको क्षेत्रमा ठुलो फड्को मार्ने अवस्था सृजना हुने बताउनुभयो । 

कार्यक्रममा डा. उमेश नाथ पराजुली, अजय राज अधिकारी र सुमन सिजापतिले सहभागितामुलक सिंचाई व्यवस्थापन  (PIM) संस्थाको वारेमा जानकारी मुलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरुका अनुसार नेपालमा सन् १९७० देखि १९८० को विचमा सिंचाई क्षेत्रमा सबैभन्दा धेरै लगानी भएको छ । 

कार्यक्रममका सहभागिहरुले कार्यपत्रमाथि छलफल गर्दै पछिल्लो समय सिंचाई र कृषिका क्षेत्रमा देशको लगानी बढ्दै जाने तर उत्पादन र उत्पादकत्व घट्दै जानु चिन्ताजनक भएको बताएका थिए । सहभागिहरुले सिंचाईका प्रविधिहरुमा गुणस्तरीयता नभएको, निर्माण भएका संरचनाले कृषकसम्म सेवा कति पुग्यो भनेर मुल्याङकन गर्ने संरचना नभएको गुनासो गर्दै सिंचाई र कृषिलाई एकै मन्त्रालय अन्र्तगत राख्नुपर्ने, राज्यका यि दुई निकायका विचमा समन्वय हुनुपर्ने जस्ता सुझावहरु राखेका थिए । 

वल्ड बैंकले सिंचाइको लागि लगानी गरेका देशहरुमा स्थापना गरेको अन्तराष्ट्रिय सहभागितामुलक सिंचाई व्यवस्थापन (INPIM) अन्र्तगत नेपालमा वि.स. २०५४ सालमा यस संस्थाको स्थापना भएको थियो । सिंचाई विभागभित्रनै कार्यालय रहेको यस संस्थाको विभागका निर्देशकले नेतृत्व गर्ने गरिएको भएपनि पछिल्लो ९ बर्षदेखि निर्वाचित अध्यक्षले नेतृत्व गर्दै आएका छन् । 

यसैविच, सोहि कार्यक्रममा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले सन् २०२३ देखि ३ बर्षे कार्यकालका लागि वासुदेव लोहनीको अध्यक्षमा ११ सदस्य कार्य समिति चयन गरेको छ । नवगठित कार्यसमितिमा उपाध्यक्ष चेतमान बुढाथापा, सचिव रोशन कुमार प्रधान, सहसचिव इजी जि.सी., कोषाध्यक्ष राम प्रसाद खनाल र सदस्यहरुमा कृष्ण प्रसाद रिमाल, भोला छत्कुली, पियुस कुमार शर्मा, कुमार राम शाही, कोफुलाल श्रेष्ठ र कल्प प्रसाद अर्याल रहनुभएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation