जसले आफ्नै बुवाआमाको ट्याटु छातीमा बनाउन लगाए

 अर्थ बुलेटिन   १ असार, २०७९



ललितपुर । सबैलाई आफ्ना बुबाआमाको माया धेरै लाग्छ । भनिन्छ जन्म दिने आमा बुवाको ऋण हजार जुनीमा पनि तिर्न सकिन्न । आफ्ना बुबा रामबहादुर दाहाल र आमा मिना दाहालको माया देखाउन काठमाडौं कालिमाटीका विवेक दाहालले आफ्नो छातीमा आमाबावुकाे ट्याटु खोपाएका छन् ।

४ बर्षअघि उनले आमाको अनुहार छातीमा ट्याटु खोपाए । अर्को वर्ष बुबाको ।  ट्याटु जोगाउन नजान्दा तीन पटक खोपाउनु परेको उनले अनुभव सुनाए । भने, ‘ट्याटु खोपेपछि धेरै हल्लन, सुत्दा उठ्दा अन्य ठाँउमा छुवाउन र नुहाउन नहुने रहेछ । ट्याटु कोरेको आलो घाउ निको नहुन्जेल होस नगर्दा फेरि बनाउनु पर्‍यो ।’

आमा बुबासँगै उनले आफू जन्मेका समय अंकित घडी बनाएका छन् । सँगै जीवनसाथीकाे नाम समेत लेखाएका छन् ।

उनी आफ्ना मन मिल्ने साथीहरुको अनुहार आफ्नो शरिरमा थप्दै जाने योजना रहेको बताए । भन्छन्, ‘मरेर लैजानु केही छैन । म मेरा प्यारा मान्छेहरुको अनुहारमा कोरेर आफैसँग राख्न चाहन्छु ।’

दाहलले ४० हजार खर्चेर हाडिगाँउस्थित निरज शाहीले बनाउन लगाएका हुन् । उनी आफ्नी श्रीमती बेलायतमा रहेको कारण भेट्न उतै जाँदैछन् । आफू एक्लो छोरो भएकालेले बाबुआमाको हेरचाह गर्न नेपालमै बस्ने योजना रहेको उनले बताए ।

ट्याटु बनाउने युवाहरुप्रति समाजको नकारात्मक दृष्टिकोण बदल्न आफूले बनाएको ट्याटुले धारणा बदल्ने उनको आशा छ । उनी भन्छन्, ‘कपाल पाल्ने अनि ट्याटु खोप्ने सबै नराम्रा मान्छे हुँदैनन् । समाजले हेर्ने दृष्टिकोण बदल्नु जरुरी छ ।’

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation