एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई दियो १२ लाख ८७ हजार

 अर्थ बुलेटिन   ८ असार, २०७९



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । एनआरएनएको सचिवालयमा आज आयोजिक एक कार्यक्रमबीच उक्त चेक केन्द्रलाई हस्तान्तरण गरिएको हो ।
 
चेक गैरआवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष डा महावीर पुनलाई हस्तान्तण गरेका थिए ।कार्यक्रममा डा महावीर पुनले संघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गरेका थिए । 
 


प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation