काठमाडौं उपत्यकामा एकैदिन २३ सय ८९ जना सवारी चालकमाथि कारवाही

 अर्थ बुलेटिन   १६ सावन, २०७९



काठमाडौं। 2ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३८९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा आइतबार कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४० जना, मदिरा पिएर सवारी साधन चलाउने ११८ जना, तीव्र गतिमा सवारी साधन चलाउने ९४ जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना रहेका छन् । 

यस्तै, सडक लेन उल्लंघन गर्ने ८० जना, ढोका खुल्लै राखेर सवारी चलाउने ८२ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३२ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation