मदन पुरस्कारका लागि छानिए आठ पुस्तकएकले २०७८ को मदन पुरस्कार प्राप्त गर्ने

 अर्थ बुलेटिन   २३ सावन, २०७९



काठमाडौं । मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् ।
 
मदन पुरस्कार गुठीले आज एक विज्ञप्ती जारी गर्दै सो को जानकारी गराएको हो । 
गुठीका अनुसार पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् ।

अग्नि, ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश), सतीः इतिहास र मीमांसा, हिति प्रणाली पुस्तक छानिएका हुन् ।

यिनै आठमध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिनेछ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation